भारतीय सेयर बजारमा नयाँ रेकर्ड, क्लोजिङका आधारमा सेन्सेक्स र निफ्टी अल टाइम हाई विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजारमा नयाँ रेकर्ड, क्लोजिङका आधारमा सेन्सेक्स र निफ्टी अल टाइम हाई विन्दुमा

काठमाडौं : भारतीय सेयर बजारले शुक्रबार नयाँ उचाई बनाएको छ । भारतको प्रमुख सेयर बजार सूचकहरु  ‘बीएसई सेन्सेक्स’ र ‘निफ्टी ५०’ दुवैले क्लोजिङ विन्दुका आधारमा नयाँ अल टाइम हाई रेकर्ड कायम गरेका हुन् । सेन्सेक्स शुक्रबार ४६६.९५ अंकले बढेर ६३,३८४.५८ को रेकर्ड विन्दुमा क्लोज भएको हो । इन्ट्रा डे कारोबारमा सेन्सेक्स ६३,४७७ विन्दुसम्म पुगेकोे थियो ।

जुन गत डिसेम्बरमा बनाएको ६३,५८३ विन्दुको अल टाइम हाई रेकर्ड भन्दा करिब १०० अंक मात्र कम हो । यता, अर्को सेयर बजार सूचक ‘निफ्टी ५०’ पनि १३७ अंकले बढेर १८,८२६ विन्दुमा बन्द भएको छ । क्लोजिङका आधारमा निफ्टीले पनि नयाँ अल टाइम हाई रेकर्ड कायम गरेको हो । सेयर बजार रेकर्ड विन्दुमा पुग्दा भारतीय लगानीकर्ताहरु एकै दिन २० खर्ब भारतीय रुपैयाँले धनी भएका छन् ।

Read More
  • EBL Ad news