स्टक ब्रोकर एशोसिएसन, नेपालले न्यु स्टक ब्रोकर एशोसिएसलाई झुटो आरोप नलगाउन चेतावनी दिएको छ । न्यु स्टक ब्रोकर एशोसिएसनले अर्थ समितिलाई नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाईसेन्स सम्बन्धमा जारी ज्ञापनपत्रको धारणाहरुप्रति संघको गम्भLर ध्यानाकर्षण भएको जनाएकाे छ ।
ज्ञापनपत्रमा सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहररु’ भनी गरिएको झुठा, आधारहीन,कपोलकल्पित र अवास्तविक आरोपप्रति खेद प्रकट गर्दै सदैव प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न तत्पर रहेको संघले जनाएको छ ।
ब्रोकर कम्पनीहरु धितोपत्र सम्बन्धी ऐन,नियम, विनियम,निर्देशिका,परिपत्र आदि अन्तर्गत रही नियामक तथा बजार सञ्चालकबाट प्राप्त निर्देशन तथा परिपत्रहरुलाई पूणर्तः अक्षरस पालना गर्दै दक्ष कर्मचारी, प्रविधियुक्त कारोबार प्रणाली तथा व्यवसायी मैत्री लगानी वातावरण मार्फत् लगानीकर्ताहरुप्रतिको सेवालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आईरहेका पनि संघले दाबी गरेको छ ।
संघले धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजारका नियामक निकाय तथा बजार सञ्चालकबाट प्राप्त हुने निर्देशनहरुलाई लत्याउँदै आएको’ भन्ने झुठा,आधारहिन,कपोलकल्पित र अवास्तविक आरोपलाई पनि खण्डन गरेको छ ।
धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेका संघले जनाएको छ । उच्च प्रतिस्पर्धाबाट नै स्थापित हामी ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेको र भविष्यमा पनि स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा समग्र पूंजीबजारको अग्रपङ्तीमा रही पूंजीबजारको वृहत्तर विकासको लागी लगानीकर्ताहरुको सेवामा सदैव समर्पित रहने संघले जनाएको छ।






