एभरेष्ट बैंकद्वारा CSR अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकद्वारा CSR अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आर्थिक सहयोग प्रदान

एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ ।

बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गर्री, गुणस्तर वृद्दि र नियमनका विधि र प्रक्रियाको विकास तथा, निति निर्धारण गर्न लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रिय बाल अस्पताल सञ्चालनार्थ स्थापित श्री काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि रु. १०,००,०००/–(अक्षेरुपी दश लाख मात्र) आर्थिक सहयोग गरेको छ ।

सो कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालालाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गर्नुभयो । यस बाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ । सो कार्यक्रममा नायब महाप्रबन्धक श्री केशव राज पौडेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२५ शाखा संजाल,३ एक्सटेन्सन काउण्टर,७ प्रादेशिक कार्यालय, १६० ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

  • MBL - below news