शेयर बजार सूचक दैनिक बढिरहेको छ। जेठ चार गते यता बजार लगातार बढ्दो क्रममै देखिएको छ। छिटपुट बजारमा उतार चढाव देखिए पनि बजार बढेरै बन्द हुँदै आएको छ।
तर जति जति बजार माथिल्लो बिन्दुमा उक्लिँदै गइरहेको छ,त्यति त्यति बजार अस्थिर हुँदै जान थालेको छ। एकै दिनमा सूचकले निक्कै माथिल्लो बिन्दु छुने र त्यही दिन बजार पुन: रातो भएर हरियो तर्फ हुने क्रम बढ्दो छ। बजारले बढ्दो गति समाएसँगै यस्तो क्रम थप बढ्दै गइरहेको छ।
मेरो लगानीले गएको १५ दिनको भोलाटिलिटि मापन गर्ने प्रयास गरेको छ। जसमा सामान्यतया दैनिक एक प्रतिशतको हाराहारीमा रहँदै आएको भोलाटिलिटि प्रतिशत ह्वात्तै बढेर दुई प्रतिशत माथि उक्लिएको छ। गएको १५ दिनमा नेप्से सूचकको परिवर्तनलाई हेर्ने हो भने सबैभन्दा बढी २.८४ प्रतिशतसम्म वृद्धि देखिएको छ। तर त्यही दिन सूचकमा ३.१८ भोलाटिलिटि देखिएको थियो। जुन गएको १५ दिनकै तीव्र उतार चढाव थियो।






