अमेरिकी सेयर बजार १४ महिनायताकै उच्च विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अमेरिकी सेयर बजार १४ महिनायताकै उच्च विन्दुमा

काठमाडौं : अमेरिकी सेयर बजारमा सुधार आउने क्रम जारी रहेको छ । बिहीबार अमेरिकाको प्रमुख सेयर बजार सूचक ‘एस एन्ड पी ५००’ र ‘नास्ड्यक कम्पोजिट’ विगत १४ महिनायताकै उच्च विन्दुमा बन्द भएका छन् । अमेरिकी फेडरल रिजर्भले आफ्नो आक्रामक ब्याजदर वृद्धिको अभियानलाई निकट भविस्यमै अन्त्य गर्ने लगानीकर्ताको अनुमान छ । 

साथै, उक्त अनुमानलाई मलजल दिने गरी आर्थिक तथ्यांकहरु पनि सार्वजनिक भएपछि बिहीबार सेयर बजारमा सुधार भएको विश्लेषण गरिएको छ । उपभोक्ताहरुले सवारीसाधनसहित विभिन्न वस्तुहरूमा खर्च गरेपछि अमेरिकाको रिटेट (खुद्रा) बिक्री मे महिनामा अप्रत्याशित रुपमा बढेको तथ्यांकले देखाएको छ । 

Read More
  • EBL Ad news