घोराही सिमेन्टको आईपीओमा पासाे, वित्तीय विवरण नै अपत्यारिलो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आईपीओमा पासाे, वित्तीय विवरण नै अपत्यारिलो

काठमाडौँ । घोराही सिमेन्टले बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गरेको छ । घोराहीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको छ । जस अनुसार प्रतिकित्ता ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वासाधारणका लागि खुला भएको छ । तर आईपीओ निष्कासनमा घोराहीले अपत्यारिलो वित्तीय विवरण तयार पारेर लगानीकर्तालाई फसाउन खोजेको पाइएको छ ।

बिहीबारदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन पश्चात सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो । विहिवारदेखि खुला गरिएको आइपिओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदी उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला रहनेछ । घोराहीको आइपिओ स्थानीयवासीका लागि प्रतिकित्ता ४ सय र अन्य सर्वसाधारणका लागि प्रतिकित्ता ४ सय ३० रुपैयाँमा आईपीओ जारी गरिएको छ । तर कम्पनीको आधारभूत वित्तीय परिसूचकले यो मूल्य समर्थन गर्दैन ।

Read More
  • EBL Ad news