सेयर बजारमा आशाका किरण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा  आशाका किरण

काठमाडौं : सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेलगत्तै घटेको सेयर बजार बढ्न थालेको छ। ब्याजदर घटेकाले पनि सेयर बजार उकालो लागेको सेयर विज्ञ बताउँछन्। यद्यपि प्रायः हरेक आर्थिक वर्षको अन्त्यमा लगानीकर्ताहरू नाफा बुक गर्न पनि आकर्षित हुने भएकाले सेयर बढी खरिद हुने प्रवृत्ति छ।

प्रायः आर्थिक वर्षको चौथो त्रैमासदेखि नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा लाभांश खाने बेला हुने भएकाले यसको आसले लगानीकर्ता झुम्मिने गरेको सेयर विश्लेषक कृष्ण गिरी बताउँछन्। यसकारण पनि यो अवधिमा सेयर उकालो लाग्ने गर्छ। तर, पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्किपछि जलस्रोत कम्पनीको सेयरमा उत्साह छाएको विश्लेषक गिरीले औंल्याए। भन्छन्, ‘भारतले १० हजार मेगावाट विद्युत् किन्ने सहमति गरेर प्रधानमन्त्री आएपछि लगानीकर्तामा आशा स्थापित गरेको छ।’ 

पर्यटन आगमन पनि कोभिड पूर्व (सन् २०१८–१९ को स्थिति)को अवस्था जस्तै बढ्न थालेको छ। जसले गर्दा होटल व्यवसाय पनि फस्टाउने भएकाले यसको सेयर कारोबार बढेको गिरी बताउँछन्। उनकाअनुसार निर्जीवन बिमा कम्पनीहरूले हकप्रद तथा पुँजीवृद्धिमा केन्द्रित भएकाले पनि यसको सेयरमा आकर्षण बढेको हो।

Read More
  • EBL Ad news