घोराही सिमेन्टको आइपीओमा लगानीकर्ताको आकर्षण : पहिलो दिनमै करिब ७४ प्रतिशत सेयर बिक्री


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
घोराही सिमेन्टको आइपीओमा लगानीकर्ताको आकर्षण : पहिलो दिनमै करिब ७४ प्रतिशत सेयर बिक्री

लाख भन्दा बढीले आवेदन दिएका छन् । पहिलो दिन बिहीबार साँझ ५ः०५ बजेसम्ममा १ लाख २२ हजार ८२८ जना सर्वसाधारण लगानीकर्ताले ५१ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । कम्पनीले बिहीबार जेठ ३२ गतेदेखि सर्वसाधारणका कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ निष्कासन गरेको हो ।

यसआधारमा, पहिलो दिनमै करिब ७४% सेयर बिक्री भइसकेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले आइपीओ खुला गरेको हो । यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ । त्यसबेला नबिकेका बाँकी सेयरसमेत थपेर सर्वसाधारणलाई जारी गरेको हो । 

Read More
  • EBL Ad news