मेन्छियाम हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेन्छियाम हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा  मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव यो शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । 
कम्पनीले सर्वसाधारण  लगानीकर्ता,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको  ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

Read More
  • EBL Ad news