काठमाडौं । नेपाल धितोपत्र बोर्ड सेबोनले लगानीकर्तालाई मनकामना दरौदी हाइड्रोपावर कम्पनीले निष्कासन गरेको शेयर खरीद नगर्न अनुरोध गरेको छ । सेबोनले एक सूचना जारी गर्दै कम्पनीको शेयर खरीद नगर्न अनुरोध गरेको हो । कम्पनीले स्वीकृति नलिइ सर्वसाधरणलाई लक्षित गरेर शेयर बिक्री खुला गरेको छ । जेठ २४ गते कम्पनीले एक सार्वजनिक सुचनामार्फत शेयर खरीद गर्नका लागि आह्वान गरेको थियो ।
नियामकीय प्रवाधान अनुसार शेयर जारी गर्नुअघि बोर्डबाट स्वीकृति लिनु पर्छ । एक पटकमा ५० भन्दा बढी व्यक्तिलाई शेयर विक्री गर्ने भएमा नियामको स्वीकृति आवश्यक पर्छ ।






