काठमाडौं : नेपाल रिपब्लिक मिडियाको आइपीओमा १ अर्ब ३९ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज अन्तिम दिन (जेठ ३० गते) सम्ममा १२ लाख ८२ हजार ६३६ जना सर्वसाधारण लगानीकर्ताले १ करोड ३९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३.८४ गुणा वढी आवेदन हो ।
कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।






