काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से २ हजार २० अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ३४ अंक बढेर २०२० अंकमा कायम भएको हो । कारोबार भइरहँदा २ : २२ बजे नेप्से २०३४ अंकसम्म पुगेको थियो । परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
सोमबार २ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको कारोबार भयो । कुल १९६ कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने ५ को स्थिर रहृयो । बैंकिङ ७, विकास बैंक ५८, फाइनान्स ३६, होटल तथा पर्यटन १०३, जलविद्युत् ४८, जीवन बीमा २७६, उत्पादन २२१, माइक्रोफाइनान्स ९६, निर्जीवन बीमा २२४, अन्य १५ र ब्यापार उपसमूह ६१ अंक बढे ।





