युनिलिभर नेपालको सेयर मूल्यमा रेकर्ड ब्रेक


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
युनिलिभर नेपालको सेयर मूल्यमा रेकर्ड ब्रेक

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अहिलेसम्म कै सबैभन्दा धेरै (रेकर्ड ब्रेक) कायम भएको छ । आज मंगलबार इन्ट्रा डे कारोबारमा यसको सेयर मूल्य प्रतिकित्ता ३७ हजार ८१ रुपैयाँ पुगेको छ । भाउ पछिल्लो समयमा २ हजार ६८२ रुपैयाँले बढेको हो । सन् २०१६ मे ३ मा यसको अधिकतम मूल्य प्रतिकित्ता ३६ हजार रुपैयाँसम्म पुगेको थियो । 

हाल भाउ बढेसँगै बिक्रीकर्ताको संख्या पनि बढेको छ । यसको मार्केट डेफ्टमा हेर्दा (समाचार तयार पारेको समयमा) ४४० कित्ता सेयर बिक्रीमा छ । तर खरिदकर्ता भने कोही छैनन् । लामो समय साइडवेजमा रहेको यस कम्पनीको सेयर गत चैतदेखि तीब्र रुपले बढ्न सुरु गरेको हो । तथापि, यो समाचार तयार पार्दापार्दै यसको मूल्य घटिसकेको छ । तर इन्ट्रा डे कारोबारमा भने यसले मूल्यमा रेकर्ड ब्रेक गरेको हो । 

Read More
  • EBL Ad news