रावा इनर्जीको आईपिओ आज बाँडफाँड हुँदै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रावा इनर्जीको आईपिओ आज बाँडफाँड हुँदै

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले मंगलबार दिउँसो ४ बजे शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले जेठ १८ देखि जेठ २२ गतेसम्म  सर्वसाधारणलाई  ६ लाख ९६ हजार ३ सय ३० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये कम्पनीका कर्मचारीलाई १५ हजार ४७ कित्ता, र सामुहिक लगानी कोष योजनाहरुलाई ३७ हजार ६ सय १६ कित्ता शेयर छुट्याईएको थियो  । बाँकि रहेको ६ लाख ४३ हजार ६ सय ६७ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।

Read More
  • EBL Ad news