चितवन । गैंडाकोट नगरपालिका वडा नं ३ स्थित भुजेल गाउँमा निर्माण भएको ३२ ओटा सार्वजनिक शौचालय समुदायलाई हस्तान्तरण गरिएको छ ।
महालक्ष्मी विकास बैंक, भरतपुर शाखाको आर्थिक सहयोग र रोटरी क्लब अफ गैंडाकोटले निर्माण गरेको शौचालय समुदायलाई हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ गैंडाकोटका अध्यक्ष यदुलाल घिमिरेको अध्यक्षतामा भएको शौचालय हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि आरआई डिष्ट्रिक ३२९२ का गभर्नर जितेन्द्रबहादुर राजभण्डारी रहेका थिए । कार्यक्रमका विशिष्ट अतिथि तथा बैंकका सञ्चालक समितिका सदस्य पाष्ट डिस्ट्रिक गभर्नर सञ्जय गिरीले रोटरी क्लब अफ गैंडाकोटलाई आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका थिए ।




