रावा इनर्जीको आइपीओ मंगलबार बाँडफाँट हुने, ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रावा इनर्जीको आइपीओ मंगलबार बाँडफाँट हुने, ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्ने

काठमाडौं : रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ मंगलबार (जेठ ३० गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । यता, रावा इनर्जीको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । 

यसमा मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ । 

Read More
  • EBL Ad news