काठमाडौं : पछिल्लो समय अमेरिकासहित विश्वभरको सेयर बजारमा सुधार देखिएको छ । अमेरिकी सेयर बजार शुक्रबार यस वर्षकै उच्च विन्दुमा पुगेपछि विश्वभरको सेयर बजारको मापन गर्ने ‘एमएससीआई अल कन्ट्री वर्ल्ड इन्डेक्स’ पनि १३ महिनायताकै उच्च विन्दुमा पुगेको छ । फेडरल रिजर्भको आगामी साता बस्ने बैठकले ब्याजदर थप वृद्धि नगर्ने अनुमानपछि सेयर बजारको प्रदर्शन राम्रो देखिएको हो ।
अमेरिकाको ‘एस एन्ड पी ५००’ सूचकले सन् २०२२ अगस्ट १९ यताकै उच्च क्लोजिङ विन्दु हासिल गरेको छ । शुक्रबार एस एन्ड पी सूचक ०.१% ले बढेको थियो । नास्ड्याक कम्पोजिट सूचक ०.१३% र डाउ जोन्स ०.१६% ले बढेका छन् । यता, युरोपमा ‘स्टक्स ६००’ सूचक ०.१३% ले घट्दा जापान बाहेक एसिया–प्रशान्त क्षेत्रका सेयरहरुको बृहत् सूचकांक भने ०.७४% बढेको छ ।






