नेप्सेमा ४०.४८ अंकको वृद्धि, कारोबार रकम चार महिना यताकै उच्च


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेमा ४०.४८ अंकको वृद्धि, कारोबार रकम चार महिना यताकै उच्च

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ४०.४८ अंकले बढेको छ।

यस दिन नेप्से २.०९ प्रतिशतले बढेर १९८०.९ बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन २ अर्ब ३० करोड ५८ लाख ८८ हजार ९३१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँ पुगेको छ।

यो रकम गत चार महिना यताकै उच्च हो। यसअघि गत फागुन १६ गते ३ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। त्यसपछि आइतबारको बजारमा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो।

यस दिन २७५ वटा धितोपत्रको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको हो।

Read More
  • EBL Ad news