रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमाडौं : नेपाल रिपब्लिक मिडियाको आइपीओमा पहिलो दिनमै २२ लाख ४० हजार ११० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन अर्थात शुक्रबार साँझ ५ः०५ बजेसम्ममा १ लाख ९९ हजार ७९९ जना सर्वसाधारण लगानीकर्ताले उक्त आवेदन दिएका हुन् । 

कम्पनीले शुक्रबार जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । 

Read More
  • EBL Ad news