साताको सेयर बजार : ७३ अंकले नेप्से बढ्दा १० अर्ब १५ करोडको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
साताको सेयर बजार : ७३ अंकले नेप्से बढ्दा १० अर्ब १५ करोडको कारोबार

काठमाडौँ । अघिल्लो साता झन्डै ९३ अङ्कले बढ्दै १८ सय ६६ अङ्कको विन्दुमा उक्लिएको नेप्से सूचकमा यो साता थप ७३ अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यो साता नेप्से सूचक ७३.२७ अङ्कले बढ्दै १९३९.६१ अङ्कको विन्दुमा उक्लिएको हो ।  अघिल्ला साताको अन्तिम कारोबार दिन बिहीबार अर्थात् जेठ १८ गते नेप्से सूचक १८ सय ६६.३४ अङ्कको विन्दुमा रहेको थियो भने यो साताको बिहीबार १९ सय ३९.६१ अङ्कको विन्दुमा पुगेको छ । 

Read More
  • EBL Ad news