ब्याजदर नबढाउने निर्णयपछि पनि घट्यो भारतीय सेयर बजार, यस्तो छ कारण


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ब्याजदर नबढाउने निर्णयपछि पनि घट्यो भारतीय सेयर बजार, यस्तो छ कारण

काठमाडौं : ब्याजदर स्थिर नै राख्ने भारतको केन्द्रीय बैंकको निर्णयका बाबजुद भारतीय सेयर बजारमा बिहीबार गिरावट देखिएको छ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को बिहीबार बसेको मौद्रिक नीति कमिटिको बैठकले लगातार दोस्रो पटक रिपो रेट ६.५% मा स्थिर राख्ने निर्णय गरेको थियो । 

यद्दपि, ब्याजदर थप नबढाउने निर्णय सार्वजनिक हुने बित्तिकै सेयर बजारमा भने गिरावट आउन सुरु गार्यो । बिहीबार इन्ट्राडे कारोबारमा करिब २०० अंकले बढेको भारतको प्रमुख सेयर बजार परिसूचक ‘सेन्सेक्स’ अन्त्यमा २९४ अंकले घटेर बन्द भएको छ । अर्को परिसूचक ‘निफ्टी ५०’ पनि ९१ अंकले घटेको छ । 

Read More
  • EBL Ad news