नेप्से इन्डेक्समा सामान्य सुधार, कारोबार रकम भने बढ्न सकेन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से इन्डेक्समा सामान्य सुधार, कारोबार रकम भने बढ्न सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन विहिबार सामान्य अंकले बढेको छ । आज नेप्से ७‍.२७ अंकले बढेर एक हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएको छ । बधुबार नेप्से ४.६८ अंकले बढेर एक हजार ९ सय ३२ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।  

आज दुई अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  आज कारोबार भएका ९३ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । डोल्टी पावर कम्पनी र भूगोल इनर्जी शेयरमूल्यमा उच्च वृद्धि भएर बन्द भएको छ ।

Read More
  • EBL Ad news