सेयर बजारमा सीमित व्यक्तिले मात्रै फाइदा उठाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : अर्थमन्त्री


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा सीमित व्यक्तिले मात्रै फाइदा उठाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानीको क्षेत्रमा धितोपत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।  धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवको अवसरमा मन्त्री डा .महतले पुँजीबजारका ५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी भएको बताए। उक्त जिम्मेवारीलाई उच्च महत्वका साथ धितोपत्र बोर्डले काम गर्ने  र यसलाई अझ उचाइमा पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे।

'सेयर बजारमा लगानी र आयआर्जनका दृष्टिले ठूलो आकर्षण छ । त्यसैले पिन बोर्डको जिम्मेवारी र दायित्व बढेको छ ,'उनले भने। सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा. महतले सुझाव दिए ।  उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए।

धितोपत्र बोर्डले नियमनको काम प्रभावकारीरुपमा गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई अझैं स्वच्छ,विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए।

Read More
  • EBL Ad news