३०० रुपैयाँ किलोमा पाइने अनार ५०० पुग्यो, ‘शेयर छानीछानी सस्तो मूल्यमा किन्न पाइन्छ, तर प्याज मंहगोमा किन्छु भन्दा पनि पाइदैन’


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
३०० रुपैयाँ किलोमा पाइने अनार ५०० पुग्यो, ‘शेयर छानीछानी सस्तो मूल्यमा किन्न पाइन्छ, तर प्याज मंहगोमा किन्छु भन्दा पनि पाइदैन’

शेयर अहिले छानीछानी सस्तोमा किन्न पाइन्छ । ३२०० पुगेको नेप्से घटेर १९३२.३३ अंकमा आएपछि कुनै पनि कम्पनीको शेयर छानीछानी सस्तो मुल्यमा किन्न पाइन्छ ।

तर, यता भान्सामा विहान बेलुका नभइ नहुने प्याज भने जति मूल्य तिर्छु भन्दा पनि किन्न नपाउने स्थिति बनेको छ । बजेट भाषणमार्फत सरकारले तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि प्याजको मूल्य एकाएक बढन पुगेको हो । व्यवसायीले त भ्याट लगाएको भन्दै प्याजको आयात नै बन्द गरेपछि त ३० रुपैयाँ किलोमा पाइने प्याज अहिले १५० पनि नपाउने अवस्था आएको छ ।

सरकारले प्याजमा भ्याट लगाउने व्यवस्था गरेपछि  प्याज नै आयात रोकिएको कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले बताए । ‘बाहिरबाट आयात नभएपछि ३० रुपैयाँ किलोमा पाइने प्याज १५० रुपैयाँ तिर्छु भन्दा पनि नपाउने अवस्था आएको छ,’ उनले भने, ‘अहिले पुरानो स्टक भएका व्यापारीले मात्र प्याज आफ्नो मनलाग्दी भाउमा बिक्री गरिरहेका छन् ।’

Read More
  • EBL Ad news