२५ जेठ, काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा ल्याएको घोराही सिमेन्टको शेयर आफ्नै कर्मचारीले नकिनेपछि कम्पनी दबाबमा परेको छ । कम्पनीले आफ्नै कर्मचारीलाई छुट्याएको सेयरको ५ प्रतिशत मात्रै बिक्री भएको छ ।
त्यसैगरी सामूहिक लगानी कोषका लागि छुट्याएको शेयरसमेत पूरा बिक्री भएन । सामूहिक लगानी कोषहरुले धितोपत्र बजारमा लगानी गर्न बजार विश्लेषण गर्ने कर्मचारी नै राखेर विश्लेषण गरिरहेका हुन्छन् । सामूहिक लगानी कोष र कर्मचारीलाई आरक्षण गरिएको सेयर सबै नबिकेपछि घोराही सिमेन्टले उक्त सेयर समेत थप गरेर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।






