कस्तो हो गैर आवासीय नेपालीलाई मात्रै खुला हुने सेयर?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कस्तो हो गैर आवासीय नेपालीलाई मात्रै खुला हुने सेयर?

सेयर बजारको इतिहासमै नयाँ अभ्यास हुन लागेको छ। 

गैर आवासीय नेपालीहरूले मात्रै आवेदन दिन सक्ने गरी एनआरएन डेभलपमेन्ट फण्ड नामक कम्पनीले सेयर जारी गर्ने तयारी भइरहेको छ।

'यो फण्डको सेयर जारी गर्ने अन्तिम तयारी भइरहेको छ,' कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले भने, 'धितोपत्र बोर्ड र अर्थमन्त्रालयसँग यसमा छलफल भइरहेको छ।'

भट्टराईका अनुसार गैर आवासीय नेपालीका साथै नेपाली नागरिकता त्यागेका वा नभएका नेपाली मुलका विदेशी, वैदेशिक रोजगारीमा रहेका श्रमिक र विद्यार्थीहरूले पनि यसमा आवेदन दिन सक्नेछन्। 

यसमा लगानी प्रक्रियाको लागि कम्पनीले एकद्वार प्रणालीबाट लगानीकर्ताको लागि आवश्यक सबै कागजात उपलब्ध गराउने भएको छ।

Read More
  • EBL Ad news