१९३२.३३ बिन्दुमा नेप्से, २ अर्ब ३६ करोडको सेयर कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१९३२.३३ बिन्दुमा नेप्से, २ अर्ब ३६ करोडको सेयर कारोबार

बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेको छ।

यस दिन नेप्से ०.२४ प्रतिशतले बढेर १९३२.३३ बिन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँ पुगेको छ।

यस दिन २६१ वटा धितोपत्रको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर किनबेच भएको हो।

बुधबार युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।

उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ३५३ रुपैयाँ पुगेको छ।

Read More
  • EBL Ad news