भारतीय सेयर बजार : ब्रोकरहरु टाट पल्टिएमा ग्राहकहरुलाई पूर्णरुपमा क्षतिपूर्ति दिने विषयमा छलफल गर्दै सेबी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजार : ब्रोकरहरु टाट पल्टिएमा ग्राहकहरुलाई पूर्णरुपमा क्षतिपूर्ति दिने विषयमा छलफल गर्दै सेबी

काठमाडौं : भारतको सेयर बजार नियामक सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले लगानीकर्ताहरुको सम्पति सुरक्षाका लागि नयाँ नियम ल्याउन प्रारम्भिक छलफल सुरु गरेको छ । सेबीले धितोपत्र ब्रोकरहरु टाट पल्टिएको अवस्थामा त्यस्ता ब्रोकरका ग्राहकहरुलाई पूर्णरुपमा क्षतिपूर्ति प्रदान गर्ने विषयमा छलफल थालेको हो । 

स्टक एक्सचेन्ज, ब्रोकर र सेबी अधिकारीहरुको हालैको बैठकमा यस विषयमा छलफल भएको थियो । छलफलको मुख्य विषय डिफल्ट भएका ब्रोकरका ग्राहकहरुको नोक्सानीको पूर्ण क्षतिपूर्ति दिने विषयमा केन्द्रीत रहेको भारतीय सञ्चारमाध्यम ‘जी बिजनेस’ ले रिपोर्ट गरेको छ । हाल डिफल्टमा परेको ब्रोकरका ग्राहकहरुले अधिकतम २५ लाख भारतीय रुपैयाँसम्म मात्र क्ष्तिपूर्ति पाउँदै आएका छन् । 

Read More
  • EBL Ad news