पाएका छन् । मंगलबार आइएमई लाइफ इन्स्योरेन्स र अप्पर लोहरे हाइड्रोपावरले आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।






