९ महिनामै ५५ प्रतिशतले बढ्यो रुसको सेयर बजार, १५ महिनायताको उच्च विन्दुमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
९ महिनामै ५५ प्रतिशतले बढ्यो रुसको सेयर बजार, १५ महिनायताको उच्च विन्दुमा

काठमाडौं : रुसको सेयर बजार १५ महिनायताकै उच्च विन्दुमा पुगेको छ । त्यहाँको ‘एमओइएक्स’ इन्डेक्स २०२२ अप्रिलमा २६ सय ४४ विन्दुमा थियो । अहिले बढेर २६ सय ९४ विन्दुसम्म पुगेको हो । यसबीच सूचकमा धेरै उतारचढाव आएको पनि देख्न सकिन्छ । 

बजार २०२२ अक्टोबरमा १७ सय ७५ अंकसम्म झरेको थियो । गत अक्टोबरदेखि यस अवधिसम्म हेर्ने हो भने सूचक ५५% ले बढिसकेको छ । अर्थात, जम्मा ९ महिनामा सूचक ५५% ले बढेको हो ।

अमेरिका लगायत युरोपेली देशहरुले प्रतिबन्ध लगाए पनि त्यहाँको बजार बढिरहेको छ । घरेलु लगानीर्ताले बजारमा लगानी बढाउँदा सूचकमा वृद्धि देखिएको ‘द फाइनान्सियल टाइम्स’ले उल्लेख गरेको छ । 

Read More
  • EBL Ad news