जापानको स्टक इन्डेक्स निक्के सन् १९९० यताकै उच्च विन्दुमा, भारतसहित एसियाली सेयर बजारमा आयो उत्साह


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जापानको स्टक इन्डेक्स निक्के सन् १९९० यताकै उच्च विन्दुमा, भारतसहित एसियाली सेयर बजारमा आयो उत्साह

काठमाडौं : एसियाली सेयर बजारमा सोमबार सुधार आएको छ । भारतसहित जापान, कोरिया, चीन र हङकङको सेयर बजारमा बजारमा सुधार आएको छ । जापानको प्रमुख सेयर बजार सूचक  ‘निक्के २२५’ सूचक सोमबार २.२% ले बढेर सन् १९९० यता पहिलोपटक ३२,००० विन्दु माथि पुगेको छ । निक्के विगत केही सातादेखि सोही विन्दु आसपास घुमिरहेको छ । 

यस्तै, जापानको अर्को ‘टोकियो स्टक प्राइस इन्डेक्स’ पनि १.७% ले बढेको छ । यसअघि लगातार बढेको जापानको सेयर बजारमा नाफा बुक गर्नेहरु बढेपछि केही करेक्सन आएको थियो । अहिले पुनः बढ्न सुरु गरेको हो । यता, हङकङको ‘हाङ सेङ’ सूचक पनि सोमबार ०.८८% ले बढेको छ । चीनको ‘सांघाई कम्पोजिट’ र ‘सेन्चेन कम्पोनेन्ट’ पनि क्रमश ०.०७% र ०.४७% ले बढेका छन् । 

Read More
  • EBL Ad news