काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १७. ३८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९०१ अंकमा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । आइतबार १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भयो ।
कुल १६६ कम्पनीको मूल्य घट्दा ४६ कम्पनीको बढ्यो भने ८ को स्थिर रहृयो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ५०, फाइनान्स १७, होटल तथा पर्यटन ३२, जलविद्युत ११, जीवन बीमा १२४, उत्पादन १२१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५७, अन्य २० र ब्यापार उपसमूह ३६ अंक घटे ।





