रावा इनर्जिको आईपीओमा ८ लाख ६९ हजार भन्दा बढीको आवेदन, करिब १५ गुणा बढी शेयर माग


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रावा इनर्जिको आईपीओमा ८ लाख ६९ हजार भन्दा बढीको आवेदन, करिब १५ गुणा बढी शेयर माग

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि निष्काशन गरेको आईपीओमा साढे ८ लाख बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ८ लाख ६९ हजार ६४५ आवेदनबाट ९५ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको ९५ लाख ८६ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणको लागि छुटाइएको ६ लाख ४३ हजार ६६७ कित्ता शेयरको १४.८९ गुणा बढी हुन आउँछ ।

कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यस मध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्काशन गरेर बाँडफाँट गरिसकेको छ । यस्तै जारी पूँजीको १० प्रतिशत अर्थात २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दालाई निष्काशन गरी बाँडफाँट पश्चात बाँकि रहको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरुलाई र ३७ हजार ६१६ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले जेठ २२ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

Read More
  • EBL Ad news