काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम पहिलो दिन आज आइतबार उच्च अंकले बढेको छ । आजको कारोबारको सुरुवातमा शेयर लगानीकर्ता आन्दोलित भएका कारण कारोबार रकम बढ्न सकेको थिएन । तर, लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएपछि भने नेप्से बढेको हो ।
आज नेप्से ५३.०३ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ३७ विन्दुमा बन्द भएको छ । आज एक अर्ब ६५ करोड ६३ लाख ४० हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २१७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ...






