काठमाडौं : जस्तोसुकै खराब वित्तीय अवस्था भएका हाइड्रोपावर कम्पनीहरुको आइपीओ पनि ओभर सब्सक्राइब हुने गरेको छ । तर यही बेला सर्वसाधारणले सिमेन्ट कम्पनीको साधारण सेयरमा लगानी गर्न भने रुचाएका छैनन् । जस्तो कि, घोराही सिमेन्ट इन्डस्ट्रीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको आइपीओ सबै बिक्री भएन ।
मेरो सेयरबाटै भर्ने व्यवस्था भएयता यसरी आइपीओ नै बिक्री नहुने (स्थानीय जनतालाई छुट्याएको सेयर बाहेक) अवस्था आएको सायदै होला। आइपीओ खुला भएको पहिलो दिनमा नै प्रायः सबै कम्पनीमा आवेदकको ओइरो लाग्दै आएको छ । कतिपयममा पहिलो दिनमै मागभन्दा बडी आवेदन पर्ने गरेको छ । त्यसो त अघिल्लो बियर साइकल ताका शिवम् सिमेन्ट्को आइपीओमा पनि लगानीकर्ताको आकर्षण थिएन ।






