के हो क्रस बोर्डर पेमेन्ट ? यसले कसरी काम गर्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के हो क्रस बोर्डर पेमेन्ट ? यसले कसरी काम गर्छ ?

काठमाडौं । नेपाल–भारतबीच क्रस बोर्डर  पेमेन्ट अर्थात् अन्तरदेशीय भुक्तानी प्रणालीको सम्झौता भएको छ । विहीवार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रोहबरमा अन्य सम्झौतासँगै क्रस बोर्डर पेमेन्टको सम्झौतामा समेत हस्ताक्षर भएको छ ।  नेपाल–भारत क्रस बोर्डर पेमेन्ट खुल्ला गर्ने सम्बन्धमा नेपालकातर्फबाट नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र भारतकातर्फबाट नेशनल पेमेन्ट कर्पोरेसन (एनपीसीएल)का प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

Read More
  • MBL - below news