के सेयर कारोबारमा आयकर व्यवस्था भारतीय अभ्यासबाट प्रभावित हो?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
के सेयर कारोबारमा आयकर व्यवस्था भारतीय अभ्यासबाट प्रभावित हो?

नियमित व्यवसायका रूपमा सेयरमा लगानी गरेका व्यक्तिले दुई वर्षदेखि बाँकी रहेको आय विवरण र कर आगामी चैतसम्म बुझाएमा आयकरमा ५० प्रतिशत छुट हुने भएको छ।

गत जेठ १५ मा पेस भएको आर्थिक विधेयकले यो व्यवस्था गरेको हो। यो व्यवस्था आर्थिक वर्ष २०८०/०८१ देखि लागू हुनेछ।

हालसम्म सेयर कारोबारमा पुँजीगत लाभकर लाग्दै आएको छ। यसअन्तर्गत एक वर्षभन्दा कम अवधिमा सेयर बिक्री गर्दा व्यक्तिलाई ७.५ प्रतिशत कर लाग्छ। यो अवधि नाघेपछि भने ५ प्रतिशत मात्र तिर्नुपर्छ। संस्थालाई भने जुनै अवधिमा पनि यस्तो कर १० प्रतिशत छ।

नियमित सेयर कारोबार गर्नेहरूले अहिलेसम्म यही कर मात्र तिर्दै आएका थिए। अब भने आयकरको सीमाअनुसार पनि कर तिर्नुपर्ने व्यवस्था ल्याउन लागिएको छ। 

Read More
  • EBL Ad news