काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले साधारण शेयर (आईपीओ)मा आवेदन दिनेहरुलाई धन्यावाद दिएको छ । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि आईपीओ बिक्रीमा ल्याएको थियो ।
यस कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको शेयर जारी गर्नेछ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता शेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता शेयर छुट्याइएको थियो । सो शेयर खरिदका लागि देश बाहिर रहेका वैदेशिक शेयर खरिदकर्ताले देखाएका उत्साहले थप हौसला बढाएको कम्पनीले जनाएको छ ।






