नयाँ अल टाइम हाई रेकर्ड बनाउँदै भुटानको सेयर बजार चरम बुलिस फेजमा प्रवेश, सूचक ३ महिनामै २५ प्रतिशतले बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ अल टाइम हाई रेकर्ड बनाउँदै भुटानको सेयर बजार चरम बुलिस फेजमा प्रवेश, सूचक ३ महिनामै २५ प्रतिशतले बढ्यो

काठमाडौं : भुटानको सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । त्यहाँको रोयल सेक्युरिटिज एक्सेचेन्ज अफ भुटानले नयाँ अल टाइम हाई रेकर्ड बनाएको हो । यसले ३ महिनाको समय अवधिमै २५ प्रतिशतभन्दा धेरै वृद्धि हासिल गरेपछि चरम बुलिस फेजमा प्रवेश गरेको छ । १,०८० विन्दु आसपास रहेको भुटानको सेयर बजार सूचक अहिले बढेर १,३४६ विन्दुमा पुगेको हो । यसले नयाँ हाई बनाउँदै गएको देखिन्छ ।

  

सूचकसँगै यसको बजार पुँजीकरण पनि बढेर ६१ अर्ब गुल्ट्रम (भुटानी मुद्रा) बराबर पुगेको छ । पछिल्ला केही वर्षदेखि चरम साइडवेजमा रहेको त्यहाँको बजारले गति समातेपछि लगानीकर्ताहरु भने हर्षित बनेका छन् । 

Read More
  • EBL Ad news