बजेटको कर व्यवस्थाले सेयर बजार ओरालोमा


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजेटको कर व्यवस्थाले सेयर बजार ओरालोमा

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेपछिका दुई दिनमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब ९२ अंकले घटेर १ हजार ८ सय ४९.७९ बिन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो २.०६ प्रतिशतले कम हो । मंगलबार ५३.५६ अंकले घटेको बजारले बुधबार पनि सोही प्रवृत्ति पछ्याउँदै ३८.८३ अंकले ओरालो लागेको हो ।

हालसम्मकै उच्च बिन्दुको (०७८ भदौ २) तुलनामा करिब १४ सय अंकले घटिसकेको सेयर बजारमा आगामी आर्थिक वर्षको बजेटले उत्साह थप्ने अपेक्षा गरिए पनि बजारमा त्यसो देखिएन । अर्थमन्त्री प्रकाशशरण महतले साढे १७ खर्बको बजेट घोषणा गरे लगत्तैका दुई दिन सेयर बजारमा निरन्तर उच्च अंकको गिरावट आएको छ ।

Read More
  • EBL Ad news