आँखुखोला जलविद्युतले १५० प्रतिशत मात्र हकप्रद विक्री गर्ने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आँखुखोला जलविद्युतले १५० प्रतिशत मात्र हकप्रद विक्री गर्ने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत मात्र हकप्रद शेयर जारी गर्ने भएको छ । यसअघि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको कम्पनीले विद्युत् नियमन आयोगको निर्देशनबमोजिम १५० प्रतिशत मात्र हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

जेठ १७ गते अपराह्न बसेको कम्पनीको सञ्चालक समिति बैठकले १ बराबर १ दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । यो निर्णय विद्युत् नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्तावको रूपमा पेश गर्नेछ । साधारण सभाबाट पारित भई नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर विक्री गर्नेछ । 

यसअघि वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

Read More
  • EBL Ad news