सम्हालिएन नेप्से : सेयर बजार विरोधी व्यवस्था तत्काल हटाउन अर्थमन्त्रीलाई लगानीकर्ताको चर्को दबाब


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सम्हालिएन नेप्से : सेयर बजार विरोधी व्यवस्था तत्काल हटाउन अर्थमन्त्रीलाई लगानीकर्ताको चर्को दबाब

काठमाडौं : सेयर बजार बुधबार पनि सम्हालिएन । करका विषयमा लगानीकर्ताले चित्त नबुझाएपछि त्यसको सीधा प्रभाव सेयर बजारमा परेको हो । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ । यस दिन २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । 

पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरु रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो । 

लगानीकर्ताहरुले सरकारले तत्काल निर्णय नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आफूहरुले तिरेको पुँजीगत लाभकरलाई अन्तिम करको मान्यता नदिइए आन्दोलनमा उत्रिने लगानीकर्ता संगठनहरुले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् । 

Read More
  • EBL Ad news