थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले बैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आइपिओ बिक्री खुला गरेको थियो । आइपिओ जेठ १६ गते बाँडफाँड गरिएको हो ।
तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आइपिओ बाँडफाँड गरिएको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमासमेत आइपिओ बिक्री गरेको थियो । स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपिओ बिक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा बिक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आइपिओ भने बाँडफाँड गर्न बाँकी छ ।






