सिंगटी हाइड्रो इनर्जी लिमिटेड ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न घोषणा गरेको हो।
जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निकषशन गर्ने निर्णय गरेको हो। कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ।
नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।






