बजेट नबुझेर शेयर बजार प्यानिक बन्यो: अर्थमन्त्री


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बजेट नबुझेर शेयर बजार प्यानिक बन्यो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट नबुझेर शेयर बजार प्यानिक बनेको बताएका छन् । मङ्गलवार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

आगामी आर्थिक वर्षको लागि आएको बजेटको भोलिपल्ट नै शेयर बजार घटेकोबारे अर्थमन्त्री शर्माले भने, ‘शायद नबुझेर प्यानिक बनेको होला । अब बुझाउनु पर्छ । बजारलाई अप्ठ्यारो पार्ने कुनै कार्यक्रम र नीति छैन ।’ 

संसदीय क्षेत्र विकास कार्यक्रम रहेको र पहिलेको सांसद विकास कोष जस्तो अहिलेको नहुने उनको जिकिर रहेको छ । अर्थमन्त्री शर्माले भने अगाडी भने, ‘१६५ ठाउँमा नै केही न केही जाओस् भन्नलाई मात्र राखेको हो। यसमा सांसदको भूमिका सिफारिस गर्ने बाहेक केही हुँदैन । यसको ठेक्का मन्त्रालय ले नै लाउँछ । सांसदले पाउँदैनन्। उपभोक्ता समितिले खर्च गर्ने होइन । व्यक्तिगत रूपमा पैसा दिएको होइन ।’

Read More
  • EBL Ad news