५३ अंकले घट्यो नेप्से, ९ कम्पनीकाे शेयर मूल्य बढ्दा २ अर्ब ३२ करोडको कारोबार


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
५३ अंकले घट्यो नेप्से, ९ कम्पनीकाे शेयर मूल्य बढ्दा २ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.१६ अंकले घटेर १ हजार ८ सय ८८ दशमलव ६१ विन्दुमा झरेको छ । मंगलबार २ सय ७५ स्क्रिपको २ अर्ब ३४ करोड रुपैयाँ बराबरको ७० लाख ७४ कित्ता शेयर किनबेच भएको छ । नेप्से घटेपनि यस दिनको कारोबार रकम २ अर्ब नाघेको छ। 

आज कारोबारमा आएका ९ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय ७ कम्पनीको शेयर मूल्य घटेको छ  भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएका बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Read More
  • EBL Ad news