संस्थानको लाभांश लगानीको एक प्रतिशतमात्र


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
संस्थानको लाभांश लगानीको एक प्रतिशतमात्र

सार्वजनिक संस्थानमा सरकारले गरेको लगानी ‘बालुवामा पानीसरह’ भएको छ । सरकारले लगानी गरेका ४४ सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा गएका छन् ।

संख्यात्मक रूपमा नाफा कमाउने संस्थानको संख्या आधाभन्दा बढी देखिए पनि सरकारले ती संस्थानको नाफाबाट पाउने लाभांश भने नगण्य छ । अर्थमन्त्री प्रकाशशरण महतले आइतबार संघीय संसद्मा पेश गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार सरकारले कुल लगानीको १ प्रतिशतमात्र लाभांश प्राप्त गरेको छ ।

सार्वजनिक संस्थानहरूमा गत असारसम्म सेयर तथा ऋण लगानी गरी ६ खर्ब १८ अर्ब पुगेको छ । आव २०७८/७९ मा सार्वजनिक संस्थानबाट सरकारले ६ अर्ब १६ करोड रुपैयाँमात्र लाभांश प्राप्त गरेको छ । यो लाभांश कुल लगानीको करिब १ प्रतिशतमात्र हो ।

Read More
  • EBL Ad news