भारतीय सेयर बजारमा फेरि उछाल, सेन्सेक्सले अल टाइम हाई छुनै लाग्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय सेयर बजारमा फेरि उछाल, सेन्सेक्सले अल टाइम हाई छुनै लाग्यो

काठमाडौं : भारतीय सेयर बजारमा सोमबार उत्साह देखिएको छ । सोमबार कारोबार सुरु भएदेखि नै सेयर बजारमा उछाल आएपछि प्रमुख सूचक ‘बीएसई सेन्सेक्स’ ६३ हजार विन्दु माथि पुगेको छ । सेन्सेक्स सोमबार सुरुवाती कारोबारमै ५०० अंकले बढेर ६३,००० विन्दु माथि पुगेको हो । यससँगै सेन्सेक्स अल टाइम हाई विन्दु नजिक पुगेको छ । 

सेन्सेक्सले सन् २०२२ को डिसेम्बरमा इतिहासकै उच्च ६३,५८३ विन्दु छोएको थियो । यसआधारमा, हाल सेन्सेक्स अल टाइम हाई रेकर्डबाट करिब ६०० सय अंक मात्र पछि रहेको छ । 

भारतको अर्को सूचक ‘निफ्टी ५०’ पनि १२९ अंकले ले बढेर १८,६०० विन्दु माथि पुगेको छ । पछिल्लो समय भारतीय सेयर बजारमा सुधार जारी रहेको छ । करिब २ महिनाको अवधिमै सेक्सेक्स करिब ६ हजार अंकले बढेको छ । 

Read More
  • EBL Ad news