यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यी हुन् नेप्सेमा सूचिकृत सबैभन्दा सस्ता १० कम्पनी

धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल २२१ वटा कम्पनीहरू सूचिकृत रहेका छन् । केही वर्ष अघिसम्म नेप्सेमा सूचिकृत कतिपय कम्पनीहरुको सेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँ भन्दा पनि कम थियो । फेरि नेपालकाे सेयर बजार बुल मार्केटमा गई ३२०० काे विन्दुमा पुगेर फर्कियाे । त्यतिबेला सूचिकृत कम्पनीहरूकाे सेयरमूल्य पनि महँगाे भयाे ।  

तर फेरि बजार निरन्तर ओरालो लागेर १८०० काे विन्दुसम्म झरेर अहिले १९०० काे विन्दु टेकेकाे छ । लगातारकाे करेक्सनले बजारमा सूचिकृत कम्पनीहरूकाे मूल्य पनि अहिले निकै सस्तिएकाे छ । नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दा ३०० रुपैयाँ भन्दा कम सेयरमूल्य भएको कम्पनी त भेट्नै मुस्किल थियो । तर अहिले ३०० रूपैयाँ भन्दा कम मूल्य भएकाे कम्पनी ७० वटा भन्दा धेरै छन् । 

Read More
  • EBL Ad news