लगातार ७ दिन बढेको बजार आइतबार यसकारण करेक्सनमा गयो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगातार ७ दिन बढेको बजार आइतबार यसकारण करेक्सनमा गयो

काठमाडौं : सेयर बजारमा करेक्सन आएको छ । लगातार ७ दिनको वृद्धिपछि आइतबार बजार करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९४१.७४ विन्दुमा अडिएको छ । २ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । 

 ट्रेडरहरुले नाफा बुक गर्दा बजारमा केही दबाब परेको अनुमान गरिएको छ । आइतबार पनि अन्तिम प्रहरमा मात्र बिक्रेता हावी भएका हुन् । कारोबार अधिकांश समय भने बजार हरियो नै रहेको थियो । 

लगातार ७ कार्य दिन बढेको बजारमा करेक्सन आउनु स्वभाविक पनि हो । ट्रेडरहरुले निश्चित प्रतिशत मुनाफामा खरिदबिक्री गर्ने भएकाले पनि बजारमा उतारचढावहरु आइरहन्छ, जुन स्वभाविक पनि हो । सोमबार नयाँ बजेट आउँदैछ । 

Read More
  • EBL Ad news